चीनको सैन्य परेडमा किम जोङ उन र पुटिन सहभागी हुने

अनलाइनसमय |
१२ भदौ २०८२
चीनको सैन्य परेडमा किम जोङ उन र पुटिन सहभागी हुने

काठमाडौं, १२ भदौ । उत्तर कोरियाली नेता किम जोङ उन आगामी हप्ता बेइजिङमा हुने सैन्य परेडमा सहभागी हुने भएका छन् । बीबीसीका अनुसार सो अवसरमा उनी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगै परेडमा उपस्थित हुनेछन् ।

यो किमको पहिलो बहुपक्षीय अन्तर्राष्ट्रिय सहभागिता हो, जसलाई चीनका राष्ट्रपति सी चिनफिङको ठूलो कूटनीतिक सफलता मानिएको छ । यसमार्फत सीले पुटिन र किम दुवैसँग आफ्नो प्रभाव देखाउने मौका पाउनेछन् ।

चीनको विजय दिवस परेड जापानले दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गरेको ८० वर्ष पूरा भएको अवसरमा आयोजना हुँदैछ । सो कार्यक्रममा पुटिन र किमसहित २६ राष्ट्रका शीर्ष नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ । उत्तर कोरियाका नेताले चीनको सैन्य परेडमा १९५९ पछि पहिलो पटक उपस्थिति जनाउने भएका छन् ।

परेडमा चीनले आफ्ना नयाँ हतियार, विमान, ट्याङ्क र एन्टी–ड्रोन प्रणाली देखाउनेछ । करिब ७० मिनेट लामो परेडमा हजारौँ सैनिकले तियानआनमेन चौक हुँदै मार्च गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस