काठमाडौं, १२ भदौ । सरकारले ‘राष्ट्रिय युवा नीति–२०८२’ स्वीकृत गर्दै अब युवाको उमेर १८ देखि ३५ वर्षसम्म हुने व्यवस्था गरेको छ । यसअघि लागू ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार १६ देखि ४० वर्षलाई युवा भनिने गरिएको थियो ।
राष्ट्रिय युवा परिषद्का अनुसार नयाँ नीतिमा नेपालकै सन्दर्भ र अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गर्दै उमेर समूह पुनःनिर्धारण गरिएको हो ।
२०७८ सालको जनगणना अनुसार १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ४२ दशमलव ५६ प्रतिशत थियो । तर बालबालिकासम्बन्धी ऐनमा १८ वर्षसम्मलाई बालक मानिएकाले १८ वर्षदेखि ३५ वर्षसम्मलाई युवा मानिने आधार तय गरिएको जनाइएको छ ।