१९.८९ अङ्कले घट्यो नेप्से, ४ अर्ब ४३ करोडको कारोबार

अनलाइनसमय |
१७ भदौ २०८२
१९.८९ अङ्कले घट्यो नेप्से, ४ अर्ब ४३ करोडको कारोबार

काठमाडौं, १७ भदौ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले घटेर दुई हजार ७४१ दशमलव ९७ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ५ अर्ब १० करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज २९ धितोपत्रको शेयर मूल्य बढ्दा २२१ को घटेको छ । यसदिन कुल ३२६ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार सबै समूहको उपसूचक घटेको छ । यसदिन व्यापार समूहको उपसूचक सर्वाधिक १ दशमलव ९७ प्रतिशतले घटेको छ ।

यस्तै माइक्रोफाइनान्स शून्य दशमलव ९७, हाइड्रोपावर शून्य दशमलव ९६, फाइनान्स शून्य दशमलव ८८, लगानी शून्य दशमलव ७६, अन्य शून्य दशमलव ५३, होटेल तथा पर्यटन शून्य दशमलव ५२, बैंकिङ शून्य दशमलव ४९, विकास बैंक शून्य दशमलव ३९, म्युचुअल फण्ड शून्य दशमलव २७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८, निर्जीवन बीमा शून्य दशमलव ७ र जीवन बीमा समुहको उपसूचक शून्य दशमलव ३ प्रतिशतले घटेको छ ।

आज हिम स्टार उर्जा ९ दशमलव ९८ र यूनियन हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ६ प्रतिशतले बढेको छ ।

आज उन्नती सहकार्य लघुवित्त ७ दशमलव ४७, दोर्दी खोला जल विद्युत् ७ दशमलव ३२, कुमारी सवल योजना ४ दशमलव ७९, पिपुल्स हाइड्रोपावर ४ दशमलव १८ र विकास हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ०४ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस