काठमाडौं, २० भदौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २७ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ ।
कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपियाँबराबरको ३४.७८३ प्रतिशतले हुन आउने रकमबराबरको प्रतिकित्ता १०० रुपियाँका दरले १०ः ३.४७८३ (अर्थात् १० कित्ताबराबर नयाँ ३.४७८३ कित्तां अनुपातमा ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद निष्कासन गरेको थियो ।
उक्त हकप्रदमा आवेदन नपरेको शेयर लिलाम बढाबढमार्फत बिक्री गर्न लागेको हो । कम्पनीले संस्थापक समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता र सर्वसाधारणतर्फको ४ हजार ४६८.७६ कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्नेछ । यो शेयरको पनि प्रतिकित्ता १०० रुपियाँ नै तोकिएको छ ।
सो शेयर खरिदका लागि असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ । सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनआईएमबि एस क्यापिटलका केन्द्रिय कार्यालय, लाजिम्पाट तथा चिप्लेढुङ्ग (पोखरा), ट्राफिकचोक (बुटवल), आदर्शनगर (वीरगंज) र गोल्छाचोक (विराटनगर) शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम पाउन र बुझाउन सक्नेछन् ।