निफ्राले गर्‍यो लाभांश घोषणा

अनलाइनसमय |
२० भदौ २०८२
निफ्राले गर्‍यो लाभांश घोषणा

काठमाडौं, २० भदौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बिहीबार (भदौ १९ गते) बसेको बैंकको सञ्चालक समितिको १७०औँ बैठकले वितरणयोग्य नाफाबाट हाल कायम चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित कुल ६.३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस