घट्दो ब्याजदरको मारमा निक्षेपकर्ता, लाभ तथा अवसर कसरी लिने ? (अन्तरवार्ता)
अनलाइनसमय |
२० भदौ २०८२
काठमाडौं, २० भदौ । नेपालको अर्थतन्त्रका बाह्य क्षेत्रका सूचक दुई वर्षयता सहज अवस्थामा छन् । तर आन्तरिक अर्थतन्त्रमा भने त्यति नै लामो सुस्तता देखिएको छ । अर्थतन्त्रमा छाएको शिथिलताको असर सर्वत्र देखिएको छ, जसको ठूलो असर बैंकिङ तथा वित्तीय क्षेत्रमा पनि परेको छ ।
विशेषगरी कर्जाको माग खुम्चँदा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । रेमिट्यान्समा भएको वृद्धिले बैंकहरूमा निक्षेप थुप्रिरहेको छ । त्यसले बैंकहरूको ब्याजदर पनि घटाइरहेको छ । तर एकातिर कर्जाको वृद्धि सुस्त छ भने अर्कोतिर गएको कर्जाको रिकभरी (असुली)मा पनि समस्या छ । गत आर्थिक वर्षमा अधिकांश बैंकहरूको खराब कर्जा बढेको छ । कर्जाको गुणस्तर खस्कँदा बैंकहरूको गैरबैंकिङ सम्पत्ति पनि बढिरहेको छ । त्यसको व्यवस्थापनका लागि एसेट्स म्यानेजमेन्ट कम्पनी (एएमसी) स्थापनाको कुरा मौद्रिक नीतिमा गरिएको छ । बैंकिङ तथा अर्थतन्त्रका विद्यमान अन्य समस्या के के छन्, ती कत्तिको चुनौतीपूर्ण अवस्थामा छन् ? वित्तीय क्षेत्रका समस्याको निकास र समाधानका उपाय के हुन सक्छन् ?
बिहीबार प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा बैंकिङ विज्ञ एवं वित्त विश्लेषक आनन्दराज अनलराज भट्टराईसंग गरिएको कुराकानी :