बरूण हाइड्रोपावरले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने

अनलाइनसमय |
२३ भदौ २०८२
बरूण हाइड्रोपावरले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने

काठमाडौं, २३ भदौ । बरूण हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ ।

कम्पनीले गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म १ बराबर १ अनुपातमा हकपद शेयर निष्काशन गरेको थियो । उक्त हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री लागेको हो । कम्पनीले सर्वसाधारण समूहको २ लाख ३८ हजार ४४३ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गरेको हो ।

शेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलकबोल पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकका वीरगञ्ज–पर्सा, जनकपुर–धनुषा, नारायणगढ–चितवन, बाग्लुङ्ग, बुटवल–रुपन्देही, नेपालगञ्ज–बाँके, वीरेन्द्रनगर–सुर्खेत, धनगढी–कैलाली, बिर्तामोड–झापा, हेटौँडा–मकवानपुर, तुल्सीपुर–दाङ्ग, महेन्द्रनगर–कन्चनपुर, चैनपुर–संखुवासभा, खाँदबारी–संखुवासभा र धरान–सुनसरी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस