जेनजी प्रदर्शन : गोली लागेका एक प्रदर्शनकारीको निधन

अनलाइनसमय |
२३ भदौ २०८२
जेनजी प्रदर्शन : गोली लागेका एक प्रदर्शनकारीको निधन

काठमाडौं, २३ भदौ । जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

प्रदर्शनकारीको उपचारका क्रममा नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको अस्पतालले पुष्टि गरेको हो । अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार हाल ७०–८० जना घाइते उपचाररत छन् ।

मृतकको परिचय अहिलेसम्म खुलाइएको छैन। विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस