पोखरा, २४ भदौ । कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ बजेदेखि पोखराका केही क्षेत्रलाई अनिश्चितकालीन निषेधाज्ञा अन्तर्गत राखेको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको आदेशअनुसार शहीदचोक वरपर र गण्डकी प्रदेशसभा आसपासको क्षेत्रमा सर्वसाधारणको आवतजावतमा रोक लगाइएको हो ।