प्रचण्डको खुमलटारस्थित निवासमा ढुंगामुढा

अनलाइनसमय |
२४ भदौ २०८२
प्रचण्डको खुमलटारस्थित निवासमा ढुंगामुढा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ललितपुर खुमलटारस्थित निवासमा अज्ञात समूहले ढुंगामुढा गरेका छन्। घटनापछि सुरक्षा सतर्कता बढाइएको छ।

ललितपुर प्रहरीले घटनाबारे पुष्टि गर्दै तत्कालै अतिरिक्त प्रहरी टोली खटाइएको जानकारी दिएको छ। जिल्ला प्रहरी परिसरका एसपी चक्र जोशीका अनुसार घटनास्थलमा पुगेर परिस्थितिको नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस