काठमाडौं , २४ भदाै । बानेश्वरस्थित सिभिल अस्पताल अगाडि भेला भएका जेनजी प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
आफ्ना साथीहरुको मृत्यु भएको घोषणा भएको अस्पतालको गेट अगाडि मंगलबार भेला भएका उनीहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्
उनीहरुले नालायक प्रधानमन्त्री राजीनामा दे, विद्यार्थी मार्न पाइँदैन जस्ता नारा लगाइरहेका छन्।उनीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाले मात्र नपुग्ने समेत बताएका छन् ।
मंगलबार बिहानैदेखि प्रशासनले कर्फ्यू लगाए पनि कडा सुरक्षाका बीच जनेजी प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।