काठमाडौं, २४ भदाै । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ । अघिल्लो काराेबार दिनकाे तुलनाका आज तोलामा ३ हजार १ सय रुपैयाँले बढेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतिताेला २ लाख १४ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे छ । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार छापावाल सुन प्रतितोला दुई लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला २ जार ५१५ रुपैयाँमा काराेबार भइरहेकाे छ, यो मूल्य पनि हालसम्मकै उच्च हो । सोमबार चाँदी प्रतितोला २ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।