खानेपानीमन्त्री यादवले गरे राजीनामा दिने घोषणा

अनलाइनसमय |
२४ भदौ २०८२
खानेपानीमन्त्री यादवले गरे राजीनामा दिने घोषणा

काठमाडौं, २४ भदाै । खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जेन जीहरुको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गरेका हुन् ।

उक्त आन्दोलनमा सोमबार १९ जनाले ज्यान गुमाएका थिए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय युवा भाई बहिनीहरु तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ । हिजो Gen z युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस