काठमाडौं, २४ भदौ । काठमाडौँबाट हुने सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् । विमान कम्पनीहरूको संयुक्त बैठकपछि यो निर्णय गरिएको एक विमान कम्पनीका अधिकारीले बताएका छन् । उनका अनुसार निर्णय लागू भएपछि अहिले कुनै पनि एयरलाइन्सले उडान सञ्चालन गर्न पाएका छैनन् ।