काठमाडौं, २५ भदौ । काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । साेमबार र मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।
आज बिहानैदेखि सडकमा सेनाले सबैलाई माइकिङ गर्दै आग्रह गरिरहेको जनताको जीउ धन र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न आग्रह गरिरहेकाे छ । साथै घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ ।
आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।