सुरक्षाकर्मीबाट लुटिएका ३१ हतियार सेनाले गर्‍यो फिर्ता

अनलाइनसमय |
२५ भदौ २०८२
सुरक्षाकर्मीबाट लुटिएका ३१ हतियार सेनाले गर्‍यो फिर्ता

काठमाडौं, २५ भदौ । ‘जेनजी’ आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका ३१ वटा हतियार सेनाले फिर्ता गरेको छ ।

नेपाली सेनाले भदौ २५ गते बुधबार जारी गरेको विज्ञप्तिमा काठमाडौं र पोखराका विभिन्न स्थानबाट ती हतियार बरामद गरिएको जनाएको छ । सेनाका अनुसार काठमाडौंका क्षेत्रमा २३ र पोखराबाट आठ नाल गरी विभिन्न प्रकारका ३१ हतियारसहित म्यागजिन र गोलीगठ्ठा पत्ता लागेको हो ।

त्यसैगरी काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट करिब ३३ लाख ७० हजार रुपैयाँ पनि बरामद गरिएको सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस