लुटिएका हातहतियार तत्काल बुझाउन सेनाको आग्रह

अनलाइनसमय |
२५ भदौ २०८२
लुटिएका हातहतियार तत्काल बुझाउन सेनाको आग्रह

 

काठमाडौं, २५ भदौ। जेनजीको आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियार, गोलीगट्ठा र सुरक्षा सामग्री तत्काल नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन सेनाले आग्रह गरेको छ।

सेनाले बुधबार एक सूचना जारी गर्दै बुझाउन अटेरी गर्नेलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ। सूचनामा भनिएको छ,‘त्यस्ता हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकोले त्यस सम्बन्धी सूचना प्राप्त गर्नुहुने व्यक्तिहरुले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्नुहुन अनुरोध गरिन्छ ।’

साथै,  सुरक्षा निकायका पोशाकहरुको अनाधिकृत प्रयोग नगर्नुहुन समेत समेत सेनाले अनुरोध  गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस