काठमाडौं, २५ भदाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ ।
विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट पारेको हो । विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको सूचनामा उल्लेख छ ।
“विमानस्थल बन्द रहेको अवस्थामा विमानस्थलमा नआइदिन हुन साथै विमानस्थल खुलेको सूचना पाए पश्चात सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी मात्र विमानस्थलमा आउन हुन सम्पूर्ण यात्रु महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं,” सूचनामा भनिएकाे छ ।
यसअघि विमानस्थल आज १२ बजे खुल्ने गरी बन्द गरिएको थियो । अहिले आन्तरिक र बाह्य दुवै उडानहरू प्रभावित भएका छन् ।