काठमाडौं, २६ भदौ । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागू राख्ने जनाएको छ। सेनाका अनुसार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा प्रभावकारी हुनेछ ।
अत्यावश्यक कामकाजका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र सर्वसाधारणलाई आवतजावतको अनुमति हुनेछ । बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म भने कफ्र्यु कायम रहने सेनाले स्पष्ट पारेको छ ।

