जेनजी प्रदर्शन : देशभर अहिलेसम्म ३० जनाको मृत्यु

अनलाइनसमय |
२६ भदौ २०८२
जेनजी प्रदर्शन : देशभर अहिलेसम्म ३० जनाको मृत्यु

काठमाडौं, २६ भदौ । जेनजी पुस्ताले गरेको प्रदर्शनमा ३० जनाको मृत्यु भएको छ । देशभरका २९ अस्पतालबाट संकलित विवरणअनुसार १ हजार ६१ जना घाइते उपचाररत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

मृतकमध्ये निजामती कर्मचारी अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, काठमाडौँ मेडिकल कलेजमा २, त्रिवि शिक्षण अस्पतालमा १, फ्रन्टलाइन अस्पतालमा ३, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ र भेरी अस्पतालमा ५ जना छन् ।

हाल २७४ जना विभिन्न अस्पतालमा भर्ना भएर उपचाररत छन् । ५६ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ र ७१९ जना उपचारपछि घर फर्किएका छन् ।

निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, वीर अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा २५, काठमाडौँ मेडिकल कलेजमा २४ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जना घाइतेको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस