२६ भदौ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमाअब छठपछि मात्रै खुल्ने भएको छ । त्रिवि रजिष्ट्रारको कार्यालयले आज एक सूचना जारी गर्दै असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने जनाएको छ ।
‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्ल्लेख छ ।
