ताेलाकाे २ लाख १५ हजार नाघ्याे सुन, हालसम्मकै उच्च मूल्यमा काराेबार

अनलाइनसमय |
२७ भदौ २०८२
ताेलाकाे २ लाख १५ हजार नाघ्याे सुन, हालसम्मकै उच्च मूल्यमा काराेबार
काठमाडौं, २७ भदाै । शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च मूल्यमा काराेबार भइरहेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज  छापावाल सुन प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ, याे  मूल्य हालसम्मकै उच्च हो। यस अघि गत भदौ २४ गते सुन प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँ काराेबार हुँदै नयाँ रेकर्ड कायम गरेकाे थियाे ।
अघिल्लो काराेबार दिनको तुलनामा भने यस दिन सुनको मूल्य १ हजार ६०० रुपैयाँ बढेको हो। त्यस्तै, आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
आज चाँदी तोलाको २ हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि भदौ २४ गते प्रतिताेला २ हजार ५१५ रुपैयाँ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस