गत साेमबार र मंगलबार भएकाे जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएकाे छ ।
पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । त्यस्तै कैदीमात्रै ९ जना मारिएका छन् ।
बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ ।