काठमाडौं, २७ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद् विघटनसँगै अन्तरिम सरकार गठन गरी पूर्वप्रधानन्यायाधीश सुषिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन्।
शीतल निवासमा आयोजित विशेष समारोहमा कार्कीले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरिन्। यो नियुक्तिसँगै कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्।