काठमाडौं, २९ भदौ । संयुक्त राज्य अमेरिकाले नेपालमा गत साता जेनजी युवा आन्दोलनको क्रममा भएका दुःखद घटनापछि शान्तिपूर्ण समाधान निस्किएको भन्दै स्वागत गरेको छ ।
अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक राज सिग्देल र युवा नेताहरूको प्रशंसा गर्दै नेपाललाई परेको शोकमा आपूmहरू साथ मै रहेको बताएको छ ।
हामी लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दछौं, यद्यपि यो दुखद समयमा हामी नेपालसँग शोकमा साथ मै छौं,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, हामी नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई संक्रमणलाई सहज बनाउदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनस्र्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं ।’
साथै अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग सहकार्य गर्न चाहेको समेत अमेरिकाले बताएको छ ।
