नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा पदभार ग्रहण

अनलाइनसमय |
२९ भदौ २०८२
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा पदभार ग्रहण

काठमाडौं, २९ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन् ।

त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण समेत गरेकी थिइन् । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगजनीको कारण नष्ट भएपछि गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा कार्कीले पदभार ग्रहण गरेकी हुन् ।

कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस