काठमाडौं, २९ भदौ । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरिने भएको छ ।
त्यस्तै प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णय अन्तरिम सरकारले गरेको हो ।
आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिएका छन् ।