यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

अनलाइनसमय |
३० भदौ २०८२
यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं, ३० भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । साथै अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै तथा तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी प्रदेश र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

आज राती देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी, गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस