काठमाडौं, ३० भदौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्का मन्त्रीहरूले आज बिहान ११ः३० बजे शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार सो समयमा शपथ ग्रहण कार्यक्रम तय भएको हो ।
प्रधानमन्त्री कार्कीले आइतबार रामेश्वर खनाललाई अर्थमन्त्री, ओमप्रकाश अर्याललाई गृह तथा कानुनमन्त्री र कुलमान घिसिङलाई ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्रीका लागि सिफारिस गरेकी थिइन् । राष्ट्रपतिले ती नामलाई स्वीकृति दिँदै नियुक्तिपत्र जारी गरेपछि उनीहरूले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।
सरकारको यो संरचना अस्थायी भए पनि मुलुकको प्रशासनिक निरन्तरताका लागि महत्वपूर्ण हुने जनाइएको छ ।