डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल्ने कुलमानको पहिलो निर्णय

अनलाइनसमय |
३० भदौ २०८२
डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल्ने कुलमानको पहिलो निर्णय

काठमाडौं, ३० भदौ । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल्ने निर्णय गरेका छन् ।

सोमबार ऊर्जा मन्त्रीको सपथ लिएपछि सिंहदरबारमा पदबहाली गरेका मन्त्री घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका हुन् । साथै घिसिङले खादा–माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।

घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए । यही विषयमा तत्कालिन उर्जामन्त्री दिपक खड्कासँगको विवादका कारण कुलमान गत चैत दोस्रो साता वर्खास्त भएका थिए । बर्खास्त भएको पाँच महिनापछि ऊर्जा मन्त्री बनेका घिसिङले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता असुल्न प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका हुन् ।

यद्यपि, उद्योगी व्यवसायीले भने प्राधिकरणले उपलब्ध गराएको बिल नै फर्जी भएको दाबी गर्दै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस