घट्यो हायर पर्चेज कर्जा, कुन क्षेत्रमा कति प्रवाह ?

अनलाइनसमय |
३१ भदौ २०८२
घट्यो हायर पर्चेज कर्जा, कुन क्षेत्रमा कति प्रवाह ?

काठमाडौं, ३१ भदौ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महिनामा सवारीसाधन किन्न चाहने उपभोक्ता र व्यवसायीहरूका लागि बैंक तथा वित्तीय संस्थाले दिने हायर पर्चेज कर्जा घटेको छ । व्यावसायिक/व्यक्तिगत कार, ट्रक, बस, हेभी इक्विपमेन्ट लगायत सवारीसाधन तथा कृषि मेसिनरी खरिद गर्नका लागि दिइने यस्तो कर्जा घटेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आव २०८१/८२ मा १ खर्ब २८ अर्ब ६९ करोड रहेको यस्तो कर्जा चालू आवको साउनसम्म आइपुग्दा घटेर १ खर्ब २८ अर्ब ५४ करोड रुपैयाँमा खुम्चिएको हो ।

गत साउन मसान्तसम्म व्यावसायिक प्रयोजनका हायर पर्चेज कर्जा स्थिर छ । सो अवधिमा यस्तो कर्जा ८६ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

सो अवधिमा व्यक्तिगत प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने हायर पर्चेज कर्जा भने शून्य दशमलव ४ प्रतिशतले घटेको देखिन्छ । गत असारमा ४२ अर्ब ५८ करोड ८९ लाख प्रवाह भएको कर्जा गत साउनसम्ममा ४२ अर्ब ५८ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

बढ्दो हायर पर्चेज कर्जा र सवारीसाधनको आयातले अर्थतन्त्र चलायमान हुन थालेको संकेत गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस