जेनजी आन्दोलनको एक हप्तापछि सार्वजनिक भए प्रचण्ड

अनलाइनसमय |
३१ भदौ २०८२
जेनजी आन्दोलनको एक हप्तापछि सार्वजनिक भए प्रचण्ड

काठमाडौं, ३१ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् । जेनजी आन्दोलन पछि केही दिन सैनिक ब्यारेकमा रहेका प्रचण्ड पहिलो पटक आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको पार्टी कार्यालय अवलोकन गर्न पुगेका हुन् ।

गत सोमबार र मंगलबार भएको जेन जी आन्दोलनले उग्र रूप लिएपछि प्रचण्ड २४ गतेदेखि सेनाको सुरक्षामा थिए । नयाँ अन्तरिम सरकार गठन भई सहज वातावरण भएसँगै प्रचण्ड ८ दिनपछि पार्टीको काममा फर्किएका हुन् ।

आन्दोलनमा आगलागी भएको भवन अवलोकन गरेका प्रचण्डले सहिदहरूप्रति श्रद्धाञ्जली दिँदै आगामी दिन भव्य पार्टी कार्यालय बनाउने घोषणा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस