काठमाडौं, ३१ भदौ । यस वर्षको दशैंमा लामो दुरीका यात्रुका लागि अग्रिम टिकट बिक्री नखोलिने भएको छ ।
यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीले सोमबार गरेको संयुक्त छलफलपछि यस्तो निर्णय गरिएको हो ।
विभागका अनुसार अघिल्लो आन्दोलनपछि हटाइएको कफ्र्युयता तीन दिनदेखि नियमित टिकट काटेर बस सञ्चालन भइसकेकाले अग्रिम बुकिङ आवश्यक नपर्ने ठहर गरिएको हो ।
विद्यालय तथा कलेजहरू बिदा भइसकेकाले यात्रुको भीड बढ्न थालेको भए पनि दैनिक टिकट प्रणालीमै सहज सेवा उपलब्ध हुने विश्वास विभागले व्यक्त गरेको छ । यसपालि चाडपर्वको यात्रामा कुनै समस्या नहुने दाबी पनि गरिएको छ ।