ई–७ भिसा कार्यान्वयनमा रोक

अनलाइनसमय |
१ असोज २०८२
ई–७ भिसा कार्यान्वयनमा रोक

काठमाडौं, १ असोज । सरकारले दक्षिण कोरियामा म्यानपावर कम्पनीमार्फत ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधिलाई कार्यान्वयन नगर्ने भएको छ ।

वैदेशिक रोजगार विभागले मंगलबार सूचना सार्वजनिक गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पत्र अनुसार उक्त कार्यविधिलाई कार्यान्वयन नगर्ने जानकारी दिएको हो ।

‘वि टु वि (निजी क्षेत्र) माध्यमबाट ई–७ भिसामार्फत गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधिलाई कार्यान्वयन नगर्ने भनी निर्देशन प्राप्त भएको हुँदा सम्बन्धित सम्पूर्ण सरोकारवालामा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सरकारले दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत अदक्ष श्रमिक पठाउँदै आएको छ । त्यसबाहेक म्यानपावर कम्पनीमार्फत ई–७ भिसाअन्तर्गत सीपयुक्त श्रमिक पठाउने भन्दै श्रम मन्त्रालयले कार्यविधि जारी गरेको थियो । तर, यो कार्यविधि कार्यान्वयन नहुने भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस