काठमाडौं, १ असोज । चालू आर्थिक वर्ष (आव)को पहिलो महिनामा वाणिज्य बैंकहरूको खुद नाफा घटेको छ । पछिल्लो तथ्याङ्क अनुसार २० ओटा वाणिज्य बैंकहरूको खुद नाफा साढे ८ प्रतिशतले घटेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आव २०८१÷८२ को साउन मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा यस्तो बैंकको खुद नाफा ८ दशमलव ६४ प्रतिशत घटेकोे हो । गत साउनसम्ममा बैंकहरूको खुद नाफा ८३ अर्ब ८२ करोड २९ लाख रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा ९१ अर्ब ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
आवको साउनसम्ममा धेरै खुद नाफा गर्नेमा ग्लोबल बैंक रहेको छ । बैंकले ७८ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ । यद्यपि यो गत आवको यसै अवधिको तुलनामा १२ दशमलव ०९ प्रतिशत कम हो । यस बैंकले २०८१ को साउनसम्ममा ८९ करोड २४ लाख खुद नाफा गरेको थियो ।
यसपछि नबिल बैंकले ७१ करोड ६४ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले ६३ करोड ४२ लाख र राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ८३ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।
तथ्यांक अनुसार सो अवधिमा सबैभन्दा कम खुद नाफा गर्नेमा कृषि विकास बैंक रहेको छ । बैंकले आवको साउनसम्ममा ३७ लाख रुपैयाँ मात्र आर्जन गरेको देखिन्छ । गत आवको यसै अवधिमा भने ७१ करोड २० लाख रुपैयाँ कमाएका थिए ।
कुन बैंकको खुद नाफा कति ? (रू. दश लाखमा)
