११ प्रतिशतले घट्यो डिजिटल भुक्तानी, साउनमा ११३ खर्ब बढिको कारोबार

अनलाइनसमय |
१ असोज २०८२
११ प्रतिशतले घट्यो डिजिटल भुक्तानी, साउनमा ११३ खर्ब बढिको कारोबार

काठमाडौं, १ असोज । चालू अर्थिक वर्ष (आव)को पहिलो महिनमा डिजिटल माध्यममार्फत ११३ खर्बबढि भुक्तानी भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत साउनमा ११३ खर्ब ३३ अर्ब १५ करोड रुपैयाँ डिजिटल भुक्तानी भएको छ, जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ११ प्रतिशत कम हो । सो आवको साउनमा १२७ खर्ब ३० अर्ब ९४ करोड रुपैयाँ यस्तो भुक्तानी भएको थियो ।

गत साउनमा सबैभन्दा धेरै भुक्तानी रियल टायम ग्रास सेटलमेन्ट (आरटिजीएस)मार्फत भएको छ । यो प्रणालीबाट ९३ खर्ब १३ अर्ब ५ करोड रुपैयाँ कारोबार भएको छ । यसपछि इलेक्ट्रोनिक चेक क्लियरिङ (इसिसि)बाट ५ खर्ब २९ अर्ब ६५ करोड, मोबाइल बैंकिङबाट ४ खर्ब ७४ अर्ब ९४ करोड र फास्टर पेमेन्ट सिस्टमबाट ४ खर्ब ६७ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी भएको छ ।

कुन प्रणालीबाट कति भुक्तानी ? (रू. १० करोड)मा


स्रोत : नेपाल राष्ट्र बैंक
गत आवको असोजदेखि क्रस बोर्डर क्यूआरको पनि शूरूआत भएको छ । यद्यपि शूरूदेखि साउनसम्ममा २ अर्ब १८ करोड २२ लाखको भुक्तानी भएको तथ्यांक छ ।

यस प्रणालीबाट असोजमा १३ करोड ९० लाख, कात्तिकमा १५ करोड ६० लाख, मंसिरमा १९ करोड ३० लाख, पुसमा ३१ करोड ४० लाख, माघमा २६ करोड, फागुनमा २० करोड ५० लाख, चैतमा २५ करोड २० लाख रुपैयाँ भुक्तानी भएको थियो भने वैशाखमा २९ करोड ७० लाख, जेठमा ४० करोड ३० लाख र असारमा ४७ करोड रुपैयाँको भएको छ । यसैगरी गत साउनमा ३७ करोड ३० लाख रुपैयाँ भुक्तानी भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस