अध्यक्ष सीके राउतको राजिनामा मागेका जनमतका ६ नेताले आफैं छाडे पार्टी

अनलाइनसमय |
२ असोज २०८२
अध्यक्ष सीके राउतको राजिनामा मागेका जनमतका ६ नेताले आफैं छाडे पार्टी

काठमाडौं, २ असोज । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय तहका ६ नेताले पार्टी परित्याग गरेका छन् ।

उनीहरूले सीके राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका थिए । आज तीे ६ नेताले साधारण सदस्य समेत नरहने गरी सामूहिक राजीनामा दिएका हुन् ।

वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरतसिंह यादव, जनमतनिकट युवा सङ्घका संयोजक सञ्जयकुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य एवं केन्द्रीय सदस्य विक्रमबहादुर बलमे राजिनामा दिएका हुन् ।

जनभावना अनुरूप आत्मआलोचना गरी नेतृत्व परिवर्तनको अल्टिमेटम सहित मागेको राजीनामालाई अपहेलना गरी जेन्जी पुस्ताले बगाएका रगतको अपमान गरी उल्टै नेता कार्यकर्तालाई अंहकारको भाषा बोलेको भन्दै साधारण सदस्यसमेत नरहने गरी जनमत छाडेको उनीहरूले घोषणा गरेका छन् ।

पार्टी अध्यक्षलाई राजीनामा दिन अल्टिमेटम दिएपछि राउतले उल्टै सामाजिक सञ्जालमा पार्टी छोड्न उपयुक्त समय भएको बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस