काठमाडौं, २ असोज । लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले संविधानको धारा १८३ को उपधारा २ अनुसार भदौ ३१ गते राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बिहीबार जारी गरेको सूचनामार्फत अधिवेशन समाप्त भएको जानकारी दिएका छन् । उक्त सूचनामा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम सदस्यहरूलाई जानकारीका लागि सार्वजनिक गरिएको उल्लेख छ ।
