राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

अनलाइनसमय |
५ असोज २०८२
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं, ५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐनको संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक आइतबार प्रमाणीकरण गरेका हुन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस