राष्ट्रपतिसमक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन

अनलाइनसमय |
५ असोज २०८२
राष्ट्रपतिसमक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं, ५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन आइतबार बिहान राष्ट्रपति पौडेललाई बुझाएका हुन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका प्रमुख आयुक्त राईले राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको प्रस विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस