काठमाडां, ७ असोज । झापाको बिर्तामोड ७ मा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ । बिर्तामोड नगरपालिका–७ खालबाडी बस्ने ३६ वर्षीय फुर्बा तामाङको हत्या गरेको अभियोगमा तामाङकै घरमा डेरा गरी बस्ने २८ वर्षीय प्रेम कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो ।
प्रेम कुमारले धारिलो हतियार प्रहार गर्दा फुर्बाको घटनास्थलमै मृत्यु बताइएको छ । बसिला र खुकुरीबाट राईको हत्या भएको जनाइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।