तीन सचिवको सरुवा- गृहसचिव दुवाडीलाई हटाएर दंगाललाई दिइयो जिम्मेवारी

अनलाइनसमय |
७ असोज २०८२
तीन सचिवको सरुवा- गृहसचिव दुवाडीलाई हटाएर दंगाललाई दिइयो जिम्मेवारी

काठमाडौं, ७ असोज । सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएको छ । उनको ठाउँमा रामेश्वर दंगाललाई जिम्मेवारी तोकेको छ ।

जेनजी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो । दंगाल यसअघि गृह प्रशासनकै ‘क्याडर’ थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार तत्कालिन गृहसचिव दुवाडीलाई योजना आयोगको सचिवालयको जिम्मेवारी दिइएको छ ।

तत्कालिन गृहमन्त्री रमेश लेखक दुवाडीलाई राष्ट्रिय तथ्यांक कार्यालयबाट सरुवा गरेर मन्त्रालयको सचिवको जिम्मेवारी दिएका थिए । दुवाडी आागमी मंसिर १० मा ५ वर्षे सचिवको कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा जादैँछन् ।

यस्तै, योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस