यी हुन् व्यापार बचत र घाटामा रहेका प्रमुख १० मुलुक

अनलाइनसमय |
८ असोज २०८२
यी हुन् व्यापार बचत र घाटामा रहेका प्रमुख १० मुलुक

काठमाडौं, ८ असोज । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को दुई महिनामा नेपालले १२६ मुलुकसँग व्यापार गरेको छ, जसमध्ये २८ मुलुकसँग मात्रै व्यापार बचतमा छ । बाँकी सबै मुलुकसँग नेपालले व्यापार घाटा बेहोरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको साउनमा व्यापार बचतमा रहेका मुलुकमध्ये सबैभन्दा अगाडि जर्मनी छ । सो अवधिमा नेपाल जर्मनीसँग १५ करोड ६५ लाखभन्दा बढीको बचतमा छ । दुई महिनामा नेपालले जर्मनीतर्फ ८७ करोड २८ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको छ भने ७१ करोड ६२ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको छ ।

जर्मनीपछि नेपाल सबैभन्दा धेरै डेनमार्कसँग बचतमा छ । साउन र भदौमा नेपालले डेनमार्कतर्फ १७ करोड ५७ लाखभन्दा बढीको वस्तु निर्यात गर्दा त्यहाँबाट २ करोड ७७ लाख मूल्य बराबरको वसतु आयात गरेको छ, अर्थात नेपाल डेनमार्कसँगको व्यापारमा १४ करोड ८० लाख रुपैयाँको बचतमा छ ।

नेपालको व्यापार बचतमा रहेको तेस्रो मुलकका रुपमा अफगानस्तान रहेको छ । चालू आवको दुई महिनाको व्यापारमा नेपाल अफगानस्तानसँग ४ करोड ८१ लाख मूल्य बराबरको व्यापार बचतमा छ । सो अवधिमा नेपालले अफगानस्तानतर्फ १४ करोड ६० लाख मूल्य लाख मूल्य बराबरको वस्तु निर्यात गरेको छ भने ९ करोड ७८ लाख मूल्य बराबरको वस्तु आयात गरेको छ ।

यसैगरी चालू आवको २ महिनामा नेपालले १२८ मुलुकसँग व्यापार गर्दा ९८ देशसँग घाटा बेहोरेकोे छ । विभागका अनुसार चालू आवको भदौसम्ममा व्यापार घाटामा रहेका मुलुकमध्ये सबैभन्दा बढी छिमेकी राष्ट्र भारतसँग छ । सो अवधिमा नेपालले भारतसँग मात्रै १ खर्ब ३५ अर्ब १९ करोडभन्दा बढीको व्यापार घाटा बेहोरेको छ । भदौसम्ममा नेपालले भारतबाट १ खर्ब ७३ अर्ब ५४ करोड मूल्य बराबरको वस्तु आयात गरेको छ भने भारततर्फ ३८ अर्ब ३५ करोडको वस्तु निर्यात गरेको छ ।

भारतपछि नेपालले अर्काे छिमेकी मुलुक चीनसँग सबैभन्दा धेरै व्यापार घाटा बेहोरेको छ । भदौसम्ममा नेपालले चीनतर्फ १२ करोड ३४ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको छ भने ६५ अर्ब १७ करोड करोड ७१ लाखभन्दा बढीको वस्तु आयात गरेको छ । अर्थात सो अवधिमा नेपालले चीनसँग ६५ अर्ब ५ करोडभन्दा धेरैको व्यापार घाटा बेहोरेको छ ।

त्यस्तै, नेपालले अर्जेन्टिनासँग १८ अर्ब ७० करोड, युएईसँग ३ अर्ब ९५ करोड र इन्डोनेसियासँग ३ अर्ब ७७ करोड मूल्य बराबरको व्यापार घाटा बेहोरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस