सागर डिष्टिलरीको आईपीओ बाँडफाँट सम्पन्न

अनलाइनसमय |
१२ असोज २०८२
सागर डिष्टिलरीको आईपीओ बाँडफाँट सम्पन्न

काठमाडौं, १२ असोज । सागर डिष्टिलरी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । यस आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट सम्पन्न गरिएको हो ।

कम्पनीले भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर सार्वजनिक गरेको थियो, जसको कुल मूल्य ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबर पर्छ ।

यस निष्काशनमा २२ लाख २७ हजार ५०३ जनाले करिब २ करोड ४२ लाख ८० हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए । तीमध्ये २१ लाख ९३ हजार ८२३ जनाको आवेदन मान्य भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।

मागभन्दा बढि आवेदन परेकाले गोलाप्रथा अपनाई बाँडफाँट गरिएको हो । सोही अनुसार १ लाख १९ हजार ६४ जना भाग्यशाली लगानीकर्ताले प्रत्येकी १० कित्ता शेयर प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस