आयोगले सरकारलाई भन्यो : सार्वजनिक सेवा प्रवाह र शान्तिसुरक्षालाई प्रभावकारी बनाउ

अनलाइनसमय |
१२ असोज २०८२
आयोगले सरकारलाई भन्यो : सार्वजनिक सेवा प्रवाह र शान्तिसुरक्षालाई प्रभावकारी बनाउ

काठमाडौं, १२ असोज । राष्ट्रिय मानवअधिकार आयोगले चाडपर्वको समयमा सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउन र शान्तिसुरक्षाको अवस्थालाई मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ ।

आयोगले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा तथा चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवाप्रवाह र सहजआपूर्तिमाअवरोध सिर्जना हुने जस्ता क्रियाकलाप हुने संभावना रहनेतर्फ सरकारको ध्यानाकर्षण गरेको हो ।

‘सेवा प्रवाहलाई चुस्त बनाउने र शान्ति सुरक्षालाई मजबुत बनाउने सरकारको कार्यमा सहयोग गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ,’ आयोगले जारी गरेको विज्ञप्मिा भनिएको छ ।

त्यसैगरी दशैँ, दिपावलीतथा छठ पर्वका बिदाका दिनमा पनि कार्यालयहरू खुला रहने आयोगले जनाएको छ ।

मानवअधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुर्गमन गर्नका लागि राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश शाखाकार्यालयहरू बिदाका दिनमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने व्यवस्था गरिएको हो ।

मानव अधिकार उल्लङ्घनका कुनै घटना घटेमा आयोगका नजिकका कार्यालयमा तत्काल जानकारी गराउन आयोगले सबैमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस