विजयादशमी आज : ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत

अनलाइनसमय |
१६ असोज २०८२
विजयादशमी आज : ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत

काठमाडौं, १६ असोज । नेपालीहरूको महान् पर्व बडादशैं आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। विजयादशमीका दिन मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्दै आशीर्वाद लिने परम्परा अनुसार आज घर–घरमा पूजाआजा र टीका जमरा थापिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ। समितिले टीका ग्रहण गर्ने व्यक्तिले पूर्वतर्फ र टीका लगाइदिने व्यक्तिले पश्चिमतर्फ फर्किनुपर्ने परम्परा रहेको जनाएको छ। घटस्थापनाको दिन स्थापना गरिएको घडाबाट विधिपूर्वक अभिषेक गरी देवी दुर्गाको प्रसाद स्वरूप टीका लगाइने प्रचलन छ।

गुरु पुरोहित, अभिभावक तथा परिवारका ठूला–बडाबाट टीका, जमरा र प्रसाद ग्रहण गरी दीर्घायु, यश, ऐश्वर्य तथा कार्यक्षमता बढोस् भन्ने कामनासहित आशीर्वाद लिने परम्परा रहेको छ। आज नभ्याउनेहरूले भने कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टीका लगाउन सक्नेछन्। यस अवधिभर घटस्थापनामा राखिएको जमरा समृद्धिको प्रतीक मानिँदै टीका सहित प्रयोग गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस