काठमाडौं, २२ असोज । नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा घरेलु विवादका कारण एक महिलाको हत्या भएको छ । ४९ वर्षीया सबिना तामाङको आफ्नै श्रीमान् ५० वर्षीय जीतमान तामाङले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
तामाङलाई मंगलबारस राति प्रहरीले पक्राउ गरेको गरिसकेको छ । जितमानले घरायसी विवादको क्रममा खुकुरी प्रहार गरी सविनाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।