काठमाडौं, २२ असोज । बुधबर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४५ दशमलव ३६ अङ्कले घटेर दुई हजार ५५९ दशमलव ५९ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ३७ लाख ४९ हजार ५०४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यसदिन कुल ३३५ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार सबै समूहको उपसूचक घटेको छ । यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ३ दशमलव ०९ प्रतिशतले ह्रास आएको छ ।
यस्तै होटेल तथा पर्यटन ३ दशमलव ०३, हाइड्रोपावर २ दशमलव ३४, विकास बैंक २ दशमलव २८, निजीवन बीमा २ दशमलव ०६, लगानी २ दशमलव ०२, माइक्रोफाइनान्स १ दशमलव ८९, जीवन बीमा १ दशमलव ६४, बैंकिङ १ दशमलव ४८, अन्य १ दशमलव २४, उत्पादन तथा प्रशोधन १ दशमलव ०६ र म्युचुअल फण्ड समुहको उपसूचक शून्य दशमलव ८९ प्रतिशतले बढेको छ ।
आज आत्मानिर्भर लघुवित्तको ६ दशमलव ०३ र थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ७६ प्रतिशतले बढेको छ ।
आज प्रभु इन्सुरेन्स ६ दशमलव १२, मन्जुश्री फाइनान्स ५ दशमलव ९६, फस्ट माइक्रो फाइनान्स लघुवित्त ५ दशमलव ५३, सयपत्री हाइड्रोपावर ५ दशमलव ४७ र आरबीबी म्युचुअल फण्डको शेयर मूल्य ५ दशमलव ३८ प्रतिशतले ह्रास आएको छ ।