काठमाडौं, २३ असोज । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जासम्बन्धी नयाँ व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले एकल ग्राहकलाई शेयर धितो कर्जामा दिने रकममा सीमा रहने व्यवस्था हटाइएको हो ।
बुधबार राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै यसअघि तोकिएको २५ करोड रुपैयाँको सीमा हटाएको हो ।
पहिले मार्जिन प्रकृतिको कर्जामा कुनै एक ग्राहकले अधिकतम २५ करोड रुपैयाँसम्म मात्र कर्जा लिन पाउँथे । तर नयाँ व्यवस्थापछि त्यस्तो सीमा रहने छैन ।
राष्ट्र बैंकको यो निर्णय पुँजी बजार सुदृढीकरणका लागि बनेको कार्यदलको सुझाव अनुसार आएको हो । सो कार्यदलले कर्जा सीमा हटाउन सिफारिस गरेको थियो । साथै शेयर लगानीकर्ताहरूले पनि लामो समयदेखि यो सीमा हटाउन माग गर्दै आएका थिए ।