बाढीपहिरोका कारण विभिन्न राजमार्गका ९ सडक पूर्ण रूपमा अवरुद्ध, ३ वटा एकतर्फी सञ्चालनमा

अनलाइनसमय |
२३ असोज २०८२
बाढीपहिरोका कारण विभिन्न राजमार्गका ९ सडक पूर्ण रूपमा अवरुद्ध, ३ वटा एकतर्फी सञ्चालनमा

काठमाडौं, २३ असोज । अबिरल वर्षापछिको बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गका ९ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । तीन वटा सडक एकतर्फी सञ्चालनमा आएका छन् ।

नेपाल प्रहरीले आज बिहान आठ बजे अध्यावधिक गरेको विवरणअनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटेखोला बरुणस्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । यो राजमार्ग जेठ ६ गतेदेखि अझै सञ्चालनमा आउन सकेको छैन । गत भदौ १५ गतेको अविरल वर्षापछि संखुवासभाकै एकुवा भन्ने ठाउँमा पनि यो राजमार्ग अवरुद्ध छ ।

बाढीले इलामको मेची राजमार्ग अन्तर्गत रहेका इलाम नगरपालिका–९ राजदुवालीलगायतका स्थानहरू पूर्ण रुपमा अवरूद्ध भएको छ भने पाँचथरको तमोर करिडोर अन्तर्गत रहेका पाँचथर तुम्वेवा गाउँपालिकाको नावाखोला सडक पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

यस्तै रसुवाको गोसाइकुन्ड गाउँपालिका–२ स्थित पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण बन्द छ । यही असोज १८ गते भएको अविरल वर्षापछिका पहिरोले बीपी रागममार्ग अन्तर्गत काभ्रेको रोशी खोला गाउँपालिका–११ माम्तीखोला, डालाबेसी, बुल्ढुंगा, बाँझोखेतलगायतका स्थानहरूको सडक पूर्ण रुपमा बन्द रहेको छ बीपी राजमार्ग अन्तर्गत नै रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोक सडक खण्ड पनि अवरूद्ध छ ।

प्रहरीकाअनुसार हुम्लाको कर्णाली करिडोरको खर्पुनाथ गाउँपालिका–५ कुरिल्ला सडक र कालिकोटको पचाल झरना गाउँपालिका–८ जुगेनी खोलामा रहेको सडक पूर्ण रूपमा अवरूद्ध रहेको छ ।

यसैगरी, कोशी लोकमार्ग अन्तर्गत रहेको साँगुरीगढी गाउँपालिका–१स्थित चनौटे, ६ घण्टे र सिमसुवागरी तीन ठाउँमा एकतर्फी रूपमा सडक सञ्चालनमा आएको छ । त्यस्तै मकवानपुरको कान्तिलोकपथ सडकका भिमफेदी गाउँपालिका–८ वगुवा खोला र बकैया गाउँपालिका–११ घटेपाखा सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

May be an image of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस